बाल गृहमा रहेका बालबालिकाहरूबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • भदौ २९, २०७८
  • ६० पटक पढिएको
  • कपुरी न्युज
alt

विराटनगर : प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरूबिच प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना सङ्क्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर  विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन ।

प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमुना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितीय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम बिर्तामोडकी भावना चौहान सान्त्वना भएका थिए ।

वक्तृत्वकला प्रतियोगिताका द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।

उनका अनुसार सहभागीहरूबिच भदौ २७ गते अनलाइन मार्फत प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणीन्द्र खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिले नै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिए । उनले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री, पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबिच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो । भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved