धरान : नेपाल दलित सङ्घले नेपाली काँग्रेस धरान उपमहानगर समितिको सहसचिवमा कमला रुचाललाई विजयी गराउने भएको छ।

यही असोज ९ गते हुन लागेको नगर अधिवेशनमा रुचाललाई सहसचिवमा मतदान गर्ने निर्णय गरेको हो । संस्थापन पक्षको किशोर राई प्यानलबाट उम्मेदवारी दिएकी उनलाई नेपाल दलित सङ्घले संस्थागत हिसाबमा सहयोग गर्ने भएको छ।

दलित सङ्घ धरान नगर कमिटीले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मंगलबार आयोजना गरेको भेलाले सो निर्णय गरेको हो । भेलाले २० वटै वडाका दलित क्षेत्रीय प्रतिनिधिलाई रुचालको पक्षमा मतदान गर्न आग्रह गरेको छ।

नेपाल महिला सङ्घ केन्द्रीय विभाग सचिव लक्ष्मी खतिवडा सहित दलित सङ्घका जिल्ला सचिव विनय अछामी, केन्द्रीय सदस्य गोविन्द दर्नालको उपस्थितिमा किशोर राई प्यानललाई विजयी गराउने निर्णय भएको हो । संस्थापन पक्षका राईले धरान काँग्रेसका पूर्व सभापति तथा हालका सुनसरी जिल्ला सदस्य हुन् ।

संस्थापन इतर समूहका श्याम पोखरेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल इतर समूहकै तिलक राईले नेतृत्व गरिरहेका छन् ।