धरान : सत्ता घटक नेकपा (माओवादी केन्द्र) को स्थानीय तहको सम्मेलन अन्तर्गत आज धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलनको बन्द सत्र सुरु भएको छ ।

माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकै पटक सम्पन्न गरेको थियो । जस अनुसार धरानमा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । अहिले धरान १५ स्थित इजिराइडर होटलमा बन्द सत्र सुरु भएको छ ।

बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्नेछ । जस अनुसार अहिले नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको अध्यक्षमा दुई जनाको दाबी देखिएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । अध्यक्षको आकंक्षीमा फोक्वाहाङ सुब्बा(चोत्लुङ) र युवा नेता उद्धव लिम्बू देखिएका छन् । ४ जना आकंक्षी भनिए पनि अन्तिममा दुई जनाको दाबी देखिएको छ ।

४५२ जना प्रतिनिधि सहभागी बन्द सत्रले ८१ सदस्य निर्वाचित गर्नेछ । त्यो ८१ सदस्यले मतदान प्रक्रियाबाट ७ जना पदाधिकारी चयन गर्ने छ । जसमा अध्यक्ष, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव १ जना र कोषाध्यक्ष १ जना गरी ७ जना चुन्नेछ ।