इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले केही साथीहरुले सानो कुरालाई अतिरन्जित गरेर मेरो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् ।

नेपाली काँग्रेसको जिल्ला अधिवेशनको निर्वाचनमा 'फर्जी मत हाल्न खोज्दा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ पक्राउ' भनेर सञ्चार माध्यममा समाचार आएको विषयमा सभापति तामाङले आपत्ति जनाउँदै साथीहरूले प्रपोकाण्ड मच्चाएको आरोप लगाएका छन् ।

धरान-१५ का क्षेत्रीय प्रतिनिधि भवानी ओझाको नामको मत आफै हाल्ने प्रक्रिया मिलाउँदै गर्दा उनी पक्राउ परेका हुन् भनिएकोमा आफूले मत नहालेको बताउँदै मतदान अधिकृतसँग बुझ्दै गर्दा सहमति नहुने भएपछि आफूले कुनै फर्जी मत नहालेको बताए।

ओझा आफ्ना बुबाको निधन पछि किरियामा बसेकोले आफ्नो क्षेत्रको सभापतिको हैसियतमा मिल्छ भने मतदान गर्न गराउन भनेकोले मतदान अधिकृतसँग प्रक्रिया बुझेको मात्रै बताए ।

तर केही साथीहरूले सानो कुरालाई ठुलो बनाएर मेरो चरित्र माथि दाग लगाउने नियतले अतिरञ्जित समाचार सञ्चार माध्यममा आएकोमा आफूलाई दु:ख लागेको सभापति तामाङले टेलिफोनमा बताए ।

नेपाली काँग्रेसको जिल्ला अधिवेशन सुनसरी सदरमुकाम इनरुवा स्थित बेल फिल्डमा भइरहेको छ। यो समाचार तयार पारुन्जेल सम्म अधिवेशन जारी नै रहेको छ ।