विराटनगर : सुनसरीमा ७ जना सहित प्रदेश १ मा ४० जनामा कोरोना सङ्क्रमण भएको छ ।

४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१, झापाको दमक र मेचीनगरमा ३–३, बिर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१, सुनसरीको इटहरीमा ४, दुहबी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६ महिला र १९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।