इटहरी : इटहरी आसपासका उपभोक्तालाई लक्षित गर्दै भिभो मोबाइलको सर्भिस सेन्टर खुलेको छ। इटहरीको सेन्ट्रल प्लाजामा पूर्वी नेपालकै उत्कृष्ट सर्भिस सेन्टरको सुरुवात भएको हो।

मंगलबार एक कार्यक्रममा बिच सर्भिस सेन्टरको उद्घाटन गरिएको छ। पूर्वी नेपालकै उत्कृष्ट विक्रेता हरिभक्त श्रेष्ठ र इटहरी एरिया वितरक रोशन ढकालले संयुक्त रूपमा रिबन काटेर सेन्टरको उद्घाटन गरेका हुन्।

कार्यक्रममा विक्रेताहरूलाई भिभोको इतिहास, सर्भिस पोलीसी र एसोसिरीजको विषयमा सर्भिस म्यानेजर अल्बर्ट राईले जानकारी गराए । उनका अनुसार विगत ४ वर्षदेखि बजारमा उपलब्ध हुँदै आएको भिभो मोबाइलमा नगण्य समस्या रहेको उनले बताए।

पूर्वी एरिया सेल्स म्यानेजर निमेष घिमिरेले हरेक मोबाइल फोनमा लाइफ टाइम वारेन्टी र हार्डवेयरमा १ वर्षको वारेन्टी रहेको बताए। भिभो अन्य मोबाइल भन्दा सस्तो र उत्कृष्ट रहेको उनको दाबी छ। घिमिरेका अनुसार हाल १३ हजार ६ सय देखी ५० हजार सम्मका फोनहरू बजारमा उपलब्ध छन् ।

इटहरीमा लामो समयदेखि मोबाइल विक्री गर्दै आएका मोहन नेपालले भिभो क्यामेरा फोन भए पनि अन्य फिचरको लागी झनै सुविधाजनक रहेको बताए । ग्राहकले समेत सकारात्मक प्रतिक्रिया दिएको बताउँदै उनले भिभो खरिद विक्रीमा कुनै समस्या नआएको उनको भनाई छ।