इटहरी : स्मार्टफोनको ब्रान्ड भिभोले नयाँ मोडल 'भि ट्वान्टिथ्री इ' को सफल प्री-बुकिङ्ग पश्चात् भिभोटाइन मनाउने भएको छ। भिभो मोबाइलबाट खिचेको फोटोमा आएको फेसबुक लाइकको आधारमा फेब्रुअरी ६ देखि १४ सम्म भिभोले भिभोटाइन मनाउन लागेको हो ।

भिभोको आक्रामक बजार बिस्तारलाई कायम राख्दै भि-सिरिज अन्तर्गतको नयाँ 'भि ट्वान्टीथ्री-इ' लाई थप प्रवर्द्धन गर्न नयाँ स्किम आएको छ । जसकोलागि फोटोग्राफी कन्टेस्ट र डिस्काउन्ट कुपन अफर सुरु भएको भिभोका पुर्वान्चल एरिया सेल्स म्यानेजर निमेष घिमिरेले बताए ।

उनका अनुसार भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत भिभोको फोनद्वारा खिचिएको कुनै पनि फोटो फेसबुकमा पोष्ट गरेर सबैभन्दा धेरै लाइक आउने ५ जनाले उपहार जित्न सक्नु हुनेछ। फेब्रुअरी १५ मा घोषणा हुने विजेताले ३० हजार मूल्यको पार्टी स्पिकर र नगद उपहार पाउने उनको भनाइ छ ।

त्यससँगै कुनैपनी भि-सिरिज मोबाइलको खरिदमा फेब्रुअरी महिनाभरि २ हजारको डिस्काउन्ट कुपन पाउन सकिने घिमिरेले जानकारी दिए । पूर्वी बजारको लागी भर्खरै इटहरीमा सर्भिस सेन्टर खोलेको भिभोले १३ हजार ६०० देखि ५० हजार सम्मका फोन बिक्री गर्दै आएको छ ।