धरानको वडा नं. १० बाट पेस्तोल, गोली र लागुऔषधसहित एक पक्राउ

  • आश्विन २७, २०७६
  • १९६८ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो । राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी डाइलेक्स डिसि एकसय एमएलको २२५ बोतल, खैरो होरोइन ७ ग्राम, न्यूट्रोसन ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३ सय ३० रुपैयाँ, तौल गर्ने डिजिटल मेसिन १ थान, मोवाइल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको छ ।

लागुऔषध र हतियार सहित पक्राउ परेका राउतको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved