ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पेस्तोलसहित कर्मचारी पक्राउ” शीर्षकको समाचार छापिएको छ । प्रहरीले जीवन विकास लघुवित्त संस्थाका कर्मचारीसहित दुई जनालाई हतियारसहित पक्राउ गरेपछि उनीहरुको कनेक्सन अवैध हतियारको कारोबार गर्ने गिरोहसँग देखिएको छ । उदयपुरको रामपुर ठोक्सिलास्थित जीवन विकास लघुवित्त संस्थामा फिल्ड सहायकको रुपमा कार्यरत मोरङ धनपालथान गाaउँपालिका ७ कदमाहाका २८ वर्षीय मुकेशकुमार मण्डल र कटहरी गापा २ का सुरज भन्ने बिक्की कुमार भगतलाई मोरङ प्रहरीले हतियासहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि अवैध हतियारको कारोबार गर्ने केही भारतीय र नेपाली गिरोहसँग मण्डल र भगतको कनेक्सन देखिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “दमक बसपार्कको योजना अघि बढाइने” शीर्षकको समाचार छापिएको छ ।निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि झापा दमकस्थित टर्मिनल बसपार्क प्रयोगमा आउन सकेको छैन । करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको बसपार्क सञ्चालनमा नआउदै दमक नगरपालिकाले सोही स्थानमा बहुतले बसपार्कको योजना अगाडि सारेको छ । बसपार्कको योजना बाहिरी आवरण चिटिक्कको भएपनि यसको भित्री कथा बेग्लै छ । ९ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको बसपार्कको संरचना एक वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा पुगेका छन् ।

औजार : आजको औजार दैनिकमा “सुनसरीमा कार्बाही नहुदाँ गाजा खेती गर्नेहरु बढे” शीर्षकको समाचार छापिएको छ । सुनसरीमा गाजा खेती गर्नेहरुलाई कार्वाही नगर्दा गाजा लगाउने क्रम बढेको छ । प्रत्येक वर्ष गाजा लगाउँदै आएका किसानले प्रहरीलाई समेत छलेर करौडौंको जग्गा उत्पादन गरिरहेको पाइएको छ । गाजा खेती अवैध र गैरकानुनी भएपनि दशक यता फाट्ट फुट्ट रुपमा प्रहरीले मात्रै फाड्ने तर कार्वाही नचलाउने भएकाले गाजाँ खेत ीगर्नेक्रम बढेको हो । प्रहरीलाई सुराकी दिएको भएपनि जिल्लाको विभिन्न स्थानमा अवैध गाजा खेतीलाई निरुतसाहित गर्नुपर्नेमा फडानी गर्ने कार्य नगरेकाले गाजा खेतीलाई निरन्तरता दिएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा ९ बबिया र हरिनगर गाउँपालिकाको ६ वटै वडामा गाजा खेती लगाएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “बजेट अभावमा अलपत्र जनजाती पार्क” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं १ कै पर्यटकीय स्थल धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधिन जनजाती पार्कको निर्माण कार्य अलपत्र परेको छ । गाउँपालिकाकै ठूलो पार्कको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गर्न थालिएको पार्क बजेट अभावको कारण अलपत्र परेको हो । आदिवासी जनजातीहरुको संस्कार संस्कृतिको जगेर्ना गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं. १ सरकारले साँगुरीगढी गाउँपालिका–६ थुम्की नाम्जेमा निमार्ण सुरु गरेको थियो । आर्थिक वर्ष २०७५र०७६ मा एक करोड ३५ लाखको लागतमा निमार्ण सुरु गरेको जनजाति पार्कका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६र०७७ का लागि आवश्यक बजेट नपठाउँदा पार्कको काम ठप्प भएको हो । गाउँपालिकाको बजेटले पार्क निमार्ण गर्न असम्भव हुने भन्दै प्रदेश सरकारसँग पार्क निर्माणका लागि आग्रह गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ याख्खाले जानकारी दिए ।