काठमाडौं : उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या गरेका छन् । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको बताइएको छ ।

मारिएकाहरु दशकौंअघि देखि मेक्सिकोमा बसोबास गर्दै आएका मोरमोन समुदायका रहेको बताइएको छ । अमेरिकाको सिमाना नजिकै पर्ने चिहुआहुआ र सोनोरो राज्यको बीचमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीको गलत निशानामा उनीहरु मारिएको सुरक्षा अधिकारीहरुको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पले ड्रग कार्टे्लिङ नियन्त्रणका लागि प्रयास गर्ने बताएका छन् ।