इटहरी : इटहरी बजार शनिबार बन्द हुने भएको छ । बिहीबार बन्द हुदैँ आएको इटहरी बजार अब शनिबार बन्द हुने भएको हो । उद्योग वाणिज्य संघ इटहरीले आउँदो कार्तिक २३ गतेबाट लागू हुने गरी इटहरी बजारलाई शनिबार बन्द गर्ने निर्णय गरेको हो ।
वाणिज्य संघले ब्यापारीहरुमा माईकिङ गरेर बजार शनिबार बन्द गर्नका लागि आह्वान समेत गरेको छ ।

यस अघि इटहरी शनिबार वा बिहीबार बन्द गर्ने भन्ने बिषयमा ब्यवसायी र उद्योग बाणिज्य संघ इटहरीका पदाधिकारी बीच छलफल भएको थियो । तर, गत असार १४ गते सम्पन्न भएको उद्योग बाणिज्य संघ इटहरीको निर्वाचनमा व्यापारीहरुले शनिबारको पक्षमा मत खसालेका थिए ।