इलाम : सूर्योदय नगरपालिकामा पर्ने पशुपतिनगर नाकामा अध्यागमन कार्यालय खोलिएको भएपनि त्यहाँबाट सेवा दिने काम थालिएको छैन ।

उक्त नाकामा भारतीय पक्षबाट अध्यागमन कार्यालय स्थापना नगरिदिएका कारण नेपालको अध्यागमन कार्यालयले सेवा दिन नसकेको हो । भारतीय पक्षले पनि फाँटक नाकामा अध्यागमन कार्यालय खोलेपछि मात्र नेपालतिरको कार्यालय काममा आउने बताइएको छ । भारततर्फ पनि तत्काल कार्यालय खुल्ने भनिएपनि अहिलेसम्म खोलिएको छैन ।

तेस्रो मुलुकबाट आउने पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिने र तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेश गर्दा भिषा दिने काम गर्ने यो कार्यालय भारततिर कार्यालय नखोलुञ्जेल सेवाविहीन बनेको छ ।

सात जना कर्मचारीको दरबन्दी रहेको अध्यागमन कार्यालय पर्यटन सूचना केन्द्र रहेको भवनमा राखिएको छ ।