अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ । कालो दागलाई सामान्य भाषामा चाया अथवा पोतो भनिन्छ । महिला तथा पुरुष दुवैमा यो समस्या देखिन सक्छ । चाया अथवा पोतो विभिन्न कारणले आउन सक्छ । घामको किरणबाट आउने असर तथा भिटामिन सीको कमीले पनि हुन्छ । जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई भने चाया-पोतोले सताउन सक्दैन ।

कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ । त्यसले गर्दा पानी एकदम धेरै पिउनुपर्छ । बिहान खाली पेटमा पानी पिउनु एकदम राम्रो मानिन्छ । अथवा पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिनुपर्छ । घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन निम्न घरेलु उपाय अपनाउन सकिन्छ ।
अनुहार सफा गरी धुने । घ्युकुमारी अनुहारमा लगाएर दश अथवा पन्ध्र मिनेट राख्ने । सुकेपछि हात भिजाएर बिस्तारै मसाज गर्ने । करिब पाँच मिनेट मसाज गरेपछि चिसो पानीले पखाल्ने । यो दैनिक दुईपटक गर्नुपर्छ । अनुहार सफासँग धुने अथवा क्लिजिङ गर्ने । पुदिनाको पेस्ट बनाउने । पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पुदिना र रक्सीको घोलबाट बनेको पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने । दश वा पन्ध्र मिनेट राखेपछि चिसो पानीले पखाल्ने ।

स्किन ओइली छ भने बेसार र कागतीको रस मिसाई पेस्ट बनाएर अनुहारमा लगाउन सकिन्छ । तर, स्किन ड्राई भए यो गर्न सकिन्न । दैनिक तीनपटक अनुहार सफा पानीले धुने र सनस्क्रिन क्रिम लगाउनुपर्छ । घामबाट जोगिनुपर्छ । गोरो छालामा चाया छिटो आउने सम्भावना बढी हुँदा गोरो छाला भएकाहरू घामबाट जोगिनुपर्छ । बाहिर निस्कनुअघि धोएर पेग्मेन्टेसन क्रिम लगाएपछि मात्र अन्य क्रिम लगाउनुपर्छ ।

यसरी घरेलु उपचारबाट अनुहारमा आएको चाया–पोतो विनासाइड इफेक्ट हटाउन सकिन्छ । चायाका लागि तनाव नलिन, सकेसम्म घामबाट बच्न, पानी धेरै पिउन जरुरी छ । त्यसैगरी, ताजा फलफूल, सागसब्जी, सन्तुलित खाना खानु, व्यायाम गर्नुका साथै सकारात्मक सोचाइ राख्नुपर्छ ।