धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपाको ५१ सदस्यीय प्रचारप्रसार तथा प्रकाशन उपसमिति गठन भएको छ ।

नेकपा उपनिर्वाचन परिचालन समितिअन्र्तगतको उपसमितिले आज शुक्रबार यो उपसमितिको घोषणा गरेको हो । नेकपा उम्मेदवार प्रकाश राईको चुनावी अभियान तथा गतिविधिहरुलाई मिडिया तथा विभिन्न माध्यममार्फ प्रचारप्रसार गर्न उपसमिति गठन गरिएको उक्त पार्टीले जनाएको छ । नेकपाका अनुसार जिल्ला कमिटि सदस्य भिम राई ज्वालाको संयोजकत्वमा ५१ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सहसंयोजकहरुमा किसोर कुमार कार्की, जनकऋर्षि राई र श्रीशिशा राई छन् । अन्य सदस्यहरु छन् ।

nekapa1

यस्तै, अग्रज पत्रकार किसोरकुमार कार्की संयोजक रहेको प्रचार प्रसार तथा प्रकाशन अनुगमन समिति पनि गठन भएको छ । अनुगमन समितिमा देवेन्द्र कार्की, गंगा बराल, निलिफा सुव्वा, आनन्द श्रेष्ठ, राजेश विद्रोही, प्रदिप मेन्यांवो, किशोर थुलुङ, गिरीराज अधिकारी र सागर भट्टराई सदस्य रहेको प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजक भिम राई ज्वालाले जानकारी दिए । संयोजक राईका अनुसार १७ सदस्यीय उपसमिति सचिवालय गठन गरिएको छ । साथै, विभिन्न १५ वटा बिषयगत समिति गठन गरेर उपसमितिमा आवद्ध पत्रकारहरुलाई जिम्मेवारी बाँडफाट गरिएको पनि उनले बताए ।