नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु

  • कार्तिक २४, २०७६
  • २२३ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ । आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो ।

जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।

प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् । त्यस्तै प्रदेश १ मा १८९, प्रदेश ३ मा १३१, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा दुई सय र सुदुरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् ।

जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । उनले भने, खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन् । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved