पथरी: रोजगारीका लागी मलेसिया पुगेका एक युवा वेपत्ता भएका छन् ।

झापाको दमक निवासी प्रेमकुमार लिम्बु वेपत्ता भएका हुन् । उनलाई खोजी गरिदिन उनका बुबा दौलतसिंह लिम्बुले आग्रह गरेका छन् । दमक ४ घर भएका लिम्वु १९ वर्ष अघि रोजगारीका सिलसिलमा मलेसिया गएका थिए । उनी शुरुवाती ९ वर्ष परिवारको सम्पर्कमा रहेका थिए । तर, विगत १० वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । यद्यपी, परिवारमा अझै पनि लिम्वु फर्किएर आउने आशा भने बाँकी नै छ ।

उनका वुवा दौलत सिंहले भने,‘छोरो फर्किएर आउछ भन्ने आशा अझै पनि छ । कुनै कारणले अप्ठारोमा पो परेको छ कि ? छोरा वेपत्ता भएपछि परिवार पीडामा रहेको उनले बताए । लिम्वु मलेसियाको सुङ्गाईवुलोको सुपरम्याक्स ग्लोभ कम्पनीमा काम गर्न पुगेका थिए । हाल उनी सो कम्पनीमा कार्यरत रहेका छैनन् । उनी केही बर्ष अघि नै सो कम्पनी छोडेर भागेको बताइएको छ ।

वेपत्ता भएका लिम्बु अवैधानिकरुपमा रहेर मलेसियामा नै कार्यरत रहेको हुनसक्ने उनका दाजु गिरीराज लिम्वु वताउँछन् । आफन्तको आशा त हुदो रहेछ नि । उस्ले बिर्सिएर हो वा परिवन्धमा परेको हो, दाजु गिरीराजले भने । वेपत्ता भनिएका प्रेम मलेसियाको जेलमा पनि रहेको वा नरहेको बारे पनि कसैलाई थाह छैन ।