झापाः झापाको गौरादह नगरपालिकाको पाचौं नगर सभा नगर आइतबारबाट शुरु भएको छ ।

गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले पाँचौ नगरसभाको बिधिवत रुपमा शुभारम्भ भएको घोषणा गरेका हुन् । नगरसभा वडा नंम्बर १ को सभाहलमा शुरु भएको हो । सभालाई उपप्रमुख गीता भेट्वालले स्वागत मन्तब्य राखेका थिए ।

पाँचौ नगरसभामा प्रमुख साहले कार्यपालिकाले गरेका निणर्य अनुमोदन, योजना कार्यक्रम संशोधन, रकम बिनियोजन, दरबन्दी स्वीकृत, आय व्ययका बिवरण लगायतका ७ वटा प्रस्ताव पेश गरेका थिए । सभामा टेबुल गरिएका प्रस्ताव मात्र स्वीकृत भएको र आउंदो माघ १० गतेको अर्को नगरसभाको बैठकमा छलफल गरिने जानकारी गराउंदै नगर प्रमुख साहले सभा बिसर्जन गरेका थिए ।