प्रकाशपुर : कोशीमा २०७३ मा ५७ प्रजातिका ८ हजार ५ सय ६१ चरा देखिएकोमा २०७४ मा ५५ प्रजातिका ५ हजार ९ सय ६४ मात्र चरा देखियो । ७३ सालको तुलनामा ७४ सालमा ठुलो संख्यामा चरा कम देखियो । पुन २०७५ को गणनामा ५२ प्रजातिका ६ हजार ९ सय ५९ सय जलचरा देखिएको कोशीमा चराको संख्या भने घट्दो छ ।

कोशी टप्पु र आसपासको क्षेत्रमा वर्षेनी जलपंक्षीको संख्या घट्दै गएको छ । २५ पुसबाट शुरु भएको पाँचदिने पक्षी गणनाका मध्यअवधि सम्ममा कोशीमा जलपक्षीको संख्या घट्दो पाइएको हो । बराहक्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु भएको गणनामा गएका वर्षहरूमा जस्तो ठूलो झुण्डमा चरा बसेको देखिएन ।

“पहिलो सयौंको संख्यामा एउटै झुण्डमा चरा देखिन्थे, अहिले साना साना झुण्डमा मात्रै पाइयो”, समाजका अध्यक्ष अनिश तिम्सिनाले भने । ३२ वर्षदेखि पुस महीनामा कोशी टप्पुमा चरा गणना हुँदै आएको छ । चराविद्हरूका अनुसार साइबेरियादेखि उडेर आउने चराको बासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीमा चराको संख्या घट्दै गएको छ ।

कोशी किनारका चराका बासस्थानमा चौपाया चराउने र माछा मार्नेहरूका कारण हिमालपारिबाट आउने चरा भारततर्फ जाने गरेका छन् ।

koshi-2 2

koshi-1 1

koshi-3