फेसबुकमार्फत 'ब्ल्याकमेल' गर्दै विवाहित युवतीलाई पटक पटक बलात्कार, एक युवा पक्राउ

  • माघ ५, २०७६
  • २०२८ पटक पढिएको
  • कपुरीन्यूज
alt

पथरी: सामाजिक सञ्जाल फेसबुकमार्फत ब्ल्याकमेल गरी एक विवाहित युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-७ का एक युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीले २५ वर्षीय रविन आचार्यलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो । एक विवाहित युवतीले आफुलाई धम्की दिदै र ब्ल्याकमेल गरेर पटक-पटक बलात्कार गरेको जाहेरी दिएपछि आचार्यलाई पक्राउ गरिएको आचार्यले पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । प्रारम्भिक वयानको क्रममा पनि पक्राउ परेका आचार्यले आरोप स्वीकार गरेका छन् । उनले पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको पीडित युवतीको भनाई छ ।

प्रहरी अनुसन्धानको क्रममा फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर ती युवाले ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु प्रहरीले जुटाएको छ । ती युवाले युवतीको नाङ्गो तस्बिरहरु राखेको र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिएर युवतीलाई बलात्कार गर्ने गरेको खुलेको छ । घटना दोहोरिन थालेपछि पीडित युवतीले आफ्नो श्रीमानलाई सबै कुरा बताएकी थिइन् । श्रीमानसंगको सल्लाहमा नै उनले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरी लगत्तै प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो भने उनले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved