काठमाडौं : १ नम्बर प्रदेशकै महत्वकांक्षी तमोर जलाशयुक्त आयोजना अगाडि बढाउनको लागि आइतबार आधिकारिक सम्झौता भएको छ । आयोजनाका सम्पन्न गर्नको लागि नेपाल सरकारले लगानी बोर्ड र चिनियाँ कम्पनी बीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आयोजनाबाट विशेष गरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्ला प्रभावित हुनेछन् । लगानी बोर्डको कार्यालयमा भएको समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटि इन्भेस्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानबीच हस्ताक्षर भएको हो । सो आयोजनाको अनुमानित लागत एक खर्ब ८० अर्ब रुपैयाँ जति लाग्नेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टी हुनेछ । -औजारबाट