धरान (डेस्क) : सेफ तथा पाककला प्रशिक्षक प्रेमलाल घिसिङले नेपालको आदिवासी जनजाति खानाको अध्ययनका लागि गरिएको ‘नेपाली रैथाने खाना अनुसन्धान यात्रा’ अभियान सम्पन्न गरेको छ । सेफ तथा पाककला प्रशिक्षक घिसिङले नेपाली रैथाने खानाको परिकारको खोजी गर्ने एकसय एकदिने यात्रा सम्पन्न गरेको हो ।

घिसिङका अनुसार गत असोज १३ गते झापाको मेचीनगर नगरपालिकाको माइलाबारी धिमाल बस्तीबाट शुरु गरेको ‘नेपाली रैथाने खाना अनुसन्धान यात्रा’ गत पुस २४ गते पश्चिम नेपालको बाँकेमा गई टुङ्ग्याइएको हो ।

१०१ दिने अभियानमा नेपालका ६५ जिल्लाको आदिवासी जनजाति समुदायको बस्तीमा पुगेर लोप हुँदै गएको मौलिक खानाको इतिहास, बनाउने तरिका र यसको महत्वबारे घिसिङले अध्ययन गरेको जानकारी दिए । यस क्रममा उनले ६ सय भन्दा बढी मौलिक खाना परिकारको अध्ययन गरिएको बताए । उनले नेपाली मौलिक खानाको परिकारहरु कुनै पनि स्टार होटलहरुको मेन्युमा नभएको बताए । ‘मौलिक खाना लोप हुनु भनेको हाम्रो खाना, संस्कृतिको लोप हुनु हो,’ उनले भने, ‘यसकारण यो अभियान शुरु गरिएको हो ।’

ghising
विभिन्न जातजातिको मौलिक खानाको डकुमेन्ट्री र पुस्तकमार्फत आम जनतामाँझ सार्वजनिक गर्ने तामाङले बताए । नेपाल पर्यटन वर्ष २०२० लाई नेपाली खाना वर्षको रुपमा समेत मनाउन सकिने घिसिङले बताए । भ्रमण वर्षका पर्यटकलाई अर्गानिक र स्वस्थ खाना खुवाउने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।