उदयपुर: उदयपुरको कटारी नगरपालिका २ खोक्साका २२ बर्षीय भुपेन्द्र खत्रीको टिपर दुर्घटनाबाट मृत्यु भएको छ।

हिजो दिउँसो पौने २ बजे उदयपुरगढी गाउँपालिका ७ जोगिटोलमा नेपालटारबाट गाईघाटतर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिपर आफै अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटनामा परी टिपरका चालक भुपेन्द्र खत्री गम्भिर घाईते भएका थिए । उनलाई उपचारार्थ नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यही उपचारको क्रममा खत्रीको राती पौने १० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।