पथरी : मोरङको कानेपोखरीबाट हतियार सहित ५ जनालाई पथरी प्रहरीले नियन्त्रणमा लिएको छ । कानेपोखरी चोकमा आइतबार राती चेक जाँच गर्नेक्रममा को २ ह ३९६८ नम्बरको टेम्पुमा सवार ५ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिए ।

टेम्पुमा सवार सुन्दर हरैंचा ८ का दिनेश विक, सोहि ठाउँका गौरब बस्नेत सुन्दर हरैचा ९ का उत्सव ढकाल र सोहि ठाउँका राम ब. पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ । साथै उनिहरुकै सुचनाका आधारमा सुन्दरहरंैचाका अब्बास मियाँको घरबाट एक थान कटुवा पेस्तोल र ५ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

टेम्पुमा सवार ४ जनाबाट लागु औषध नाइट्रेभेट २० थान, कोरेक्स, स्पासपोक्रेन लगायतका लागुऔषध नियन्त्रणमा लिएको हो । प्रहरीले खोज तलासकै क्रममा मियाँको घर सुन्दर हरैचाबाट ५ थान मोबाइल सहित ठुलो परिमाणमा लागु औषध नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबारमा संलग्न सुनबर्षीका मोहमद मुस्ताब लाई समेत आइतबार रातिनै नियन्त्रणमा लिएको गिरिले जानकारी दिए ।

गिरिका अनुसार ग्रामिण बाटोको प्रयोग गरि मुस्ताबले भारतबाट लागुऔषध नेपाल भित्राउने र मियाले पुर्वी मोरङ र सुनसरीमा लागु औषध बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस कार्यमा संलग्न अन्यलाई पनि नियन्त्रण गर्ने कार्य थालेको गिरीले जानकारी दिए ।