झापाः झापाको बिर्तामोडबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन।

हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थितमा रहेको एक होटलबाट १६ ग्राम ब्राउनसुगरसहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । पक्राउ पर्नेमा मेची नगरपालिका १३ का २१ बर्षीया रोषनी तामाङ, २३ बर्षीय बिवेक तामलिङ सुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्र शिवाकोटी रहेका छन्। पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।