औजार : आजको औजार दैनिकमा “आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै” शीर्षकको समाचार छापिएको छ । आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन मुलुकको सातै प्रदेशमा हुदैछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सम्बन्धित मतदान स्थलमा पुगेर ढुक्कसँग मतदान गर्न सकिने प्रवक्ता श्रेष्ठले बताए । राष्ट्रिय सभाको पहिलो बैठक बसेको २ वर्षमा कार्यकाल सकिने १९ जनामध्ये १८ सिटका लागि भोलि निर्वाचन हुँदैछ । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६ नेपाली कांग्रेसले १६ , समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २र२ जनालाई उम्मेदवार बनाएका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ओरियन्स नेटवर्कको जालो फैलिदै” शीर्षकको समाचार छापिएको छ । ओरियन्स नेटवर्किङ कम्पनीका एजेण्टहरुले पूर्वी नेपालका नेपाली युवायुवतीहरुलाई विभिन्न प्रलोभन देखाउदै ठग्दै आएको खुलासा भएको छ । इटहरी आसापासबाट समेत २ सयभन्दा बढी युवायुवती भारततर्फ लैजाने गरेको पाइएको छ । औषधि बेच्ने बहानामा निकै ठूलो मात्रामा पैसा असुलिरहेको भए पनि सम्बन्धित निकाय मौन छ । इटहरी तरहरा घर भएका एक युवाले आफू नराम्रोसँग ठगिएको बताए । साथीहरुको करकापमा यो व्यवसायमा लागेको बताउने उनी अहिले तरहरा, पञ्चायन, भरौल र इटहरी क्षेत्रमा सयौंको संख्यामा लुकिछिपी अवैध धन्दा भइरहेको बताउँछन् । अहिले पनि यो सञ्जाल विस्तार गर्नेक्रम तिब्र रहेको उनको भनाइ थियो । व्यापार मार्फत रातारात धनी हुने सपना देखाएर प्रलोभनमा पारी भारत लैजाने गरेको पाइएको छ । एक पटक भारत पुर्याएपछि एजेण्ट बनाउँदै लैजाने गरेको उनको भनाइ छ । पञ्चायन घर भएकी महिलाहरुलाई आफ्नै साथीभाइले डुबाएको बताइन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “ठगी धन्दामा एम्बुलेन्स !” शीर्षकको समाचार छापिएको छ । सामाजिक सेवाका लागि संचालन भएका एम्बुलेन्सहरुले ठगी धन्दा गर्न थालेको पाइएको छ । झापाको एम्बुलेन्स सेवा संचालन समितिले गरेको अनुगमनका क्रममा एम्बुलेन्सहरु मापदण्ड विपरित, ठगी धन्दामा प्रयोग भइरहेको पाइएको हो । मानवीय सेवामा संचालन हुने एम्बुलेन्स नै मापदण्ड विपरित राजस्व नतिरी वेजिल्लाको नविरकण गरेर ठगी गर्नेक्रम बढेर गएपछि जिल्लामा अनुगमन गर्न थालिएको हो । यस अघि समेत १० वटा भन्दा एम्बुलेन्सलाई आवश्यक कार्वाही गरिएको हो । दमकमा संचालन भएका एम्बुलेन्सहरु अधिकांश एक स्थानमा सेवा स्वीकृत लिएर अर्कै क्षेत्रमा संचालन भइरहेको भटिएको थियो । समितिले झापाको दमक क्षेत्रमा गरेको अनुमनकोक्रममा एकै दिन ७ वटा एम्बुलेन्समा विभिन्न खाले कमजोरी भेटिएको छ ।