झापा : “नदुखेको टाउकोपनि दुख्दो रहेछ, अझै कतिदिन धाउनुपर्ने हो पत्तो छैन” । झापाको दमकस्थित मालपोत कार्यालयमा भेटिएका प्रायः सेवाग्राहीले भन्ने शब्द हो यो । सरकारले देशभरका मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली सेवा लागू गरि दैनिक कामकार्बाही सुरु गरेपछि अहिले सेवा सहज हुनुको साटो झन् समस्याग्रस्त देखिएको छ ।

सरकारले लागू गरेको अनलाईन प्रणालीबाट कार्यालयको सेवा लिन सहज होला भन्ने सर्वसाधारणलाई लाग्नु स्वभाविक पनि हो तर त्यस्तो हुन भने अझै सकेको छैन् । मालपोत कार्यालयमा अनलाईन प्रणाली भएकै कारण जग्गा बेच्ने र किन्ने दुबैको लागत अनलाईनमापनि राख्नुपर्ने हुन्छ । तर उक्त कम्प्युटरमा बसने प्राबिधिक फाटका कर्मचारीले कहिले ईन्टरनेटको कारण देखाईदिन्छन् त कहिले के बहाना । यस्तै समस्या झेल्न बाध्य छन् सेवाग्राहीहरु मालपोत कार्यालय दमकमापनि । भरपर्दो प्रविधि र दक्ष प्राबिधिक नहुँदा अनि कर्मचारीको ढिलासुसतीका कारण सेवाग्राहीहरुले झनै सास्ती खेप्नु परिरहेको झापा दमककी सेवाग्राही कुमार धिमाल बताउछन् । कुमारकै जस्तो गुनाशो छ गौरादहबाट सेवा लिन आएका मोहन अधिकारीकोपनि । उनपिनि एउटा कामकै लागि ३ पटक सम्म धाउन बाधय हुनुपर्ने बताउछन् ।

अनलाईन प्रणालीबाट जग्गा सम्बन्धिका सम्पूर्ण कामको सुरुवात गरिएको भएपनि अनलाईन र पुरानै शैलीका ढड्डा दुवैमा तथ्यांक राख्नु पर्र्दा थप समस्या भएको कार्यालयको स्पष्टोक्ती छ । मालपोत कार्यालय डिजिटल प्रक्रियामा गएपछि कुनै समस्या नहुने बताईने गरिएको भएतापनि सेवाग्राहीहरुले झनै झन्झट ब्यहोर्नु परेको गुनासो बढ्न थालेको छ । मालपोत कार्यालयका अनुसार डिजिटल प्रबिधिमा सबै सेवाग्राही आवद्ध भईनसकेकोले काममा ढिला भएपनि यो प्रबिधि सुरक्षित हुने मालपोत कार्यालय दमकका प्राबिधिक उमेश बरालले बताए ।

सेवाग्राहीले भनेअनुसारको सेवा नपाउनुमा कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुनु, दक्ष प्राबिधिक अभाब हुनु, भरपर्दो ईन्टरनेट नहुनु जस्ता कारण रहेको मालपोत कार्यालय दमकका सूचना अधिकारी होमनाथ सेढाई बताउँछन् ।
कार्यालयका जिम्मेवार कर्मचारीहरुले समस्या देखाएर पन्छिने मात्र गरेका छन् । ईन्टरनेटको समस्या भयो भन्दै ट्वाईलेट तिर जाने र उतै सेवाग्राहसिँग सेटिङ्ग मिलाएर फर्केपछि भने तुरुन्तै काम हुने गरेको गुनाशो सेवाग्राहीको छ ।