झापा : मेचीनगर १२ धाइजन स्थित मेची राजमार्गबाट फागुन १ गते करिब १४ लाख २८ हजार ५ सय ५२ रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ ।

ईलामबाट झापा तर्फ आउदै गरेको मे १ ज १८०७ नम्बरको पिकअप भेनलाई आज बिहान साढे ९ बजे चेकजाँच गर्ने क्रममा सोही भेन भित्र भन्सार छली लुकाई छिपाई ल्याएको उक्त मुल्य बराबरका लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ।

बरामद गरिएको कपडा, भेन चालक मेचीनगर ७ बस्ने बिकास राजबंशी र पिकअप समेतलाई भन्सार कार्यालमा बुझाईने उक्त कार्यालयले जनाएको छ।