धरान : धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा उद्घोषण कला तथा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।

माघ २८, २९ र फागुण १ गते सम्म सम्पन्न ३ दिने तालिममा वडाका ३६ जना महिलाको सहभागिता रहेको थियो । महिला लक्षित कार्यक्रम अन्तरगत तालिम कार्यक्रम सम्पन्न गरिएको र महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउन तालिमको आयोजना गरिएको वडाध्यक्ष भुवन सिंह बस्नेतले बताए । तालिमलाई प्रशिक्षक अर्चना ढकाल, शुभेच्छा अधिकारी र मोहन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए । तालिम पश्चात सहभागीहरुले नयाँ व्यवसाय संचालन गर्ने र व्यवसाय संचालन गरिरहेकाहरुले व्यवस्थित गरी संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वडामा रहेका केही गर्न चाहाने महिलाहरुले तालिममा सिकेको कुरालाई आफ्नो व्यवहारमा लागु गर्न भोली देखि नै व्यवसाय शुरु गर्न सक्ने अवसर रहेको र आफुहरुले वडा कार्यालयमार्फत सकेको सहयोग गर्ने प्रतिवद्धता वडा सदस्य गोमा खनाल, देविका विकले व्यक्त गरे । सचिव तुलसी आचार्य र नायव सुब्बा दल बहादुर भट्टराईको सकृयतामा सम्पन्न तालिमबाट धरै कुरा सिक्न जान्न पाएको सहभागिहरुले प्रतिकृया व्यक्त गरेका थिए ।