औजार : आजको औजार दैनिकमा सूर्योदय हेर्न पर्यटक बोलाउँदै ‘डाँडाबजार माहोत्सव’ शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय सूर्योदयको दृष्य हेर्नका लागि प्रख्यात बन्दै गरेको ध्वजेडाँडा लगायतको क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने डाँडाबजार महोत्सव हुने भएको छ । यही फागुन २४ गतेदेखि २७ गतेसम्म हुने महोन्सवले स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले लिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ नं. वडामा पर्ने धवजेडाँडामा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । समुद्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजेडाडा डाँडाबजारबाट १ किमी जतिको पैदल यात्रापछि बल्ल पुगिन्छ । अहिले सवारी साधन पनि ध्वजेडाँडा पुग्छ । ध्वेजेडाँडाबाट पूर्वाञ्चलका १६ वटै जिल्लाहरु देख्न सकिन्छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स मायाले मार्यो शीर्षकको समाचार छापिएको छ । गतवर्षको भ्यालेण्टाइन डे सप्ताह चलिरहेको बेला इटहरी उपमहानगरपालिका ४ माङ्हिममा प्रेमी प्रेमिकालाई झस्काउने घटना भयो । वर्षौदेखिको प्रेमसम्बन्ध र १० महिनादेखि इटहरी ४ मा लिभिङ टुगेदरमा बस्दै आएका थिए, खोटाङ ज्यामिरेकी ३५ वर्षीया सोनिया राई र ३६ वर्षीय प्रेमी सोलुखुम्बुका लालबहादुर राई । गतवर्षको माघ २८ गते सामान्य विवादमा राईले सोनियाको हत्या गरे । उनी अहिले थुनामा छन् । अर्को यस्तै घटना भयो गत १ भदौमा मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहमा । विराटनगर १३ महतो टोलकी २२ वर्षिया शिखा घिमिरेलाई सोही ठाउँका उनका प्रेमि ३० पर्षीय दिनेश भट्टराईले धारिलो हतियार प्रयोग गरि विभत्स हत्या गरेका थिए । आफूलाई धोका दिन लागेको आरोप लगाउँदै दिनेशले प्रेमिका शिखाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । दिनेशलाई मोरङ अदालतले मुलुकी अपराध संहिता ३०७४ को दफा १७७ (२) बमोजिम जीवित रहेसम्म कैदको फैसला गरेको छ । उनी अहिले मोरङ कारागारमा छन् । २३ माघमा विराटनगर १२ मंगलवाको उखुबारीमा शव भेटिएकी सुनसरीको दुहबी नगरपालिका ६ की ३२ वर्षीया सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । सप्तरी कृष्णसवण गाउँपालिका ३ घर भई हाल मोरङको बूढीगंगा गापा ३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्र शाहले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अहिले मोरङ प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा प्रदेशसभामा सरकारको आलोचना शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सिईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विहीबार प्रदेशसभाको सुन्य समयमा बोल्दै प्रदेश १ बाट विस्थापित भई बागमती गई बसेका उत्तम कुमार भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाएको र प्रदेश २ सिरहा बस्तीपुरका डा. सरोज कोइराला लगानी प्राधिकरणको सिइओमा नियुक्त गरेको भन्दै टिप्पनी गरे । कार्कीले भने, ‘प्रदेश सरकारले आफ्नो हैसियत बुझेन, संघियता कार्यान्वयन आफै गर्ने हो भन्ने पनि बुझेन । बाहिरका मानिसलाई प्रदेशको जिम्मेवारी दियो ।’ कार्कीले प्रधानमन्त्री बाँसुरी बजाउँदै जानु हुने र कुन तालमा नाच्ने भनेर मुख्यमन्त्रीले सोच्दै हुनुहुन्छ भन्दै आलोचना गरे ।

उद्घोष : आजको उद्घोष दैनिकमा स्ववियु निर्वाचन अन्योलमा शीर्षकको समाचार छापिएको छ । पटक पटक स्थगित हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १द्ध गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निवार्चन विद्यार्थी संगठनका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । फागुन १४ गते नजिकै आउँदा न ििनर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।