केराबारी : विश्व सालक दिवश १५ फेब्रअरी २०२० को अबसरमा नमुना पर्माकल्चर सिकाईथलो याङसिलाको आयोजना तथा केटीके बेल्ट संस्थाको सहयोगमा मोरङको केराबारी ५ प्रगतिचोक सिकाइथलो कन्टेनर घरमा अवार्ड वितरण तथा विश्वमै लोमोन्मुख सालकको महत्वको बारेमा कार्यक्रम सम्पन्न भएको छ ।

बेस्ट आर्टिस्ट पेंगुलियन (सालक) प्रोटेक्ट अवार्ड मनिता कुवँर, सनम लिम्बु, सरगम लिम्बुले पाए भने बेस्ट स्टोरि राईटरमा क्षितिज तामाङ, रिमा मगर र आकाश तामाङले पाएका छन् । यस्तै योङ्गेष्ट पेंगुलियन प्रोटेक्टरमा खड्ग मगर, युथ पेंगुलियन प्रोटेक्टरमा टिकाराम राणामगर, फार्मर पेंगुलियन प्रोटेक्टरमा नारायण प्रसाद बलले अवार्ड पाएका छन् । कार्यक्रममा सालक संरक्षण परियोजना संयोजक गंगा लिम्बुले भिडियो एलाइट शो युथहरुले खेलेको भूमिकाको बारेमा प्रकाश पारेको थियो । यसैगरी जैविक विविधता सम्बन्धी प्राकृतिक भिडियो प्रदर्शन तथा विश्वमा सनसनी फैलिरहेको वातावरण पर्यावरणको सचेतना मुलक भिडीयो समेत प्रदर्शनी गरिएको थियो ।

प्रमुख अतिथि उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुशियतले कार्यक्रमलाई सम्बोधन गर्दै यस अभियानमा लाग्नुहुने आयोजक र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे । उनले चिनमा रहेका रेडपाण्डालाई रेडपाण्डाको पार्क बनाएजस्तै यस क्षेत्रलाई सालक पार्क बनाई पर्यटनमा टेवा पुग्ने बताए । साथै उनले आगामी दिनमा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रविबद्धता प्रकट गरे ।

यसैगरी पर्यटन वन तथा वातावरण समितिकी सभापति सिता थेवेले सालक संरक्षणको प्रसंशा गरेकी छिन् । उनले प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने साथै जैविक विविधताको संरक्षणको लागि प्रदेश १ प्रतिवद्धता रहने बताईन् ।

12 2

कार्यक्रममा नमुना पर्माकल्चर सिकाईथलो याङसिलाको अध्यक्ष कुमार विश्वकर्मा, प्रदेश १ की संसद उमिता बराईली, केराबारी गाउपालिकाकी उपाध्यक्ष शान्ति लिम्बु, पूर्व संविधान सदस्य किरण राई, केटीके बेल्टका फाउण्डर राजिव गोयल, स्थानीय विद्यालयका प्रध्यानाध्यापकहरु, वडाध्यक्षहरु, पर्यटन व्यवसायीहरु, सामुदायिक वनका अध्यक्षहरु, समाजसेवीहरु, आउटडोर क्लासका विद्यार्थीहरु (सावित्री मा.वि, जनकल्याण आधारभूत विद्यालय), विद्यार्थी युथ फेलहरुको सक्रिय सहभागिता रहेको थियो ।
जेनिथ बोर्डिङ स्कुलका विद्यार्थीहरुले सांस्कृतिक पहिरनमा अतिथिहरुलाई स्वागत समेत गरेका थिए । कार्यक्रममा गजेन्द्र लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने फुलकुमारी राईले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

तस्विरः सनम तामाङ

11 2