झापा : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर दमक आउँदै छन् । प्रधानमन्त्री ओली आज दिनभर दमकमा आयोजना गरिएको बिभिन्न कार्यक्रममै व्यस्त रहने कार्यतालिका छ ।

प्रधानमन्त्री ओली आज मध्यान्न १२ बजे गृहनगर दमक आईपुग्नेछ । दिउँसो सवा १२ बजे दमक ४ स्थित कृष्णमन्दिर चोकमा सडक उद्घाटन, १ बजे दमक र मोरङको मिक्लाजुङ्ग गाउँपालिकाको सिमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन त्यसैगरि सवा १ बजे बेलडाँगीस्थित जिरोप्वाईन्टमा रवि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसैगरि प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने एक कार्यक्रममा मन्तब्य राख्नुहुनेछ । प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दिउँसो साँढे २ बजे दमक नगरपालिका वडा नम्बर १ मा निर्मित विपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आजै अपरान्ह् काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।