धरान (डेस्क) : याक्थुङ युवा मञ्चको प्रथम जिल्ला अधिवेशन सुनसरीको धरान चुम्लुङ हिममा सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्ष दिपक खिम्दिङ, उपाध्यक्षद्वय सुस्मा तेयुङ र राजन हुक्पा चोङबाङ, सचिव एल्सन हुक्पा चोङबाङ, सह सचिव सुनिल थक्लेन, कोषाध्यक्ष सन्जु निलेङकू, सदस्यहरु अनु पंधाक, एलिसा कन्दङवा, प्रदिप कुमार लिम्बु, पूजा श्रेङ चोङबाङ, सुजा श्रेङ चोङबाङ, अमित सम्बाहाम्फे, लक्ष्मी तुङघङ, इनुसा फोम्बो, अबिन्द्र कन्दङवा, यसोदा थक्लुङ र शारदा लुम्फुङवा चयन भएका छन् । उनीहरुको कार्यकाल २ (दुई) बर्षको हुनेछ । निर्वाचित समितिका पदाधिकारीहरुलाई चन्द्र माया माबोले शपथ गराएकी थिइन् ।

अधिवेशनको उद्घाटन मञ्चका केन्द्रीय अध्यक्ष भूपेन्द्र खुदाङले गरेका थिए । उक्त अधिवेशनको अध्यक्षता दिपक खिम्दिङ र कार्यक्रम संचालन सचिव सुस्मा तेयुङले गरेका थिए ।

एल्सन हुक्पा चोङबाङले स्वागत र मञ्चका केन्द्रीय अध्यक्ष भूपेन्द्र खुदाङ, किरात याक्थुङ चुम्लुङका निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार चन्द्र माया माबो लिम्बु र मञ्चका केन्द्रीय उपाध्यक्ष महेश्वर हुक्पा चोङबाङले शुभकामना मन्तव्य राखेका थिए ।
चन्द्र माया माबो लिम्बु संयोजक, महेश्वर हुक्पा चोङबाङ र प्रज्ञा इजम सदस्य रहेको निर्वाचन समितिले बन्द सत्रको संचालन गरेको थियो ।