जहदा र ग्रामथानमा मोटरसाईकल दुर्घटना हुँदा दुईको मृत्यु

  • फाल्गुन ४, २०७६
  • २३६ पटक पढिएको
  • कपुरीन्यूज
alt

विराटनगर : मोरङमा आज आइतबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान ग्रामथान गाउँपालिका ३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिन मोटरसाइकलका चालक २० वर्षीय चन्द्र मिर्गा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै, जदाह गाउँपालिका ५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा ५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी को३७प ९७४३ नम्बरको मोटरसाइकलको चालक हुन् । अर्को मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved