काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।

मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।

संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।