एजेन्ट हुँ भन्दै ठगी गर्ने इटहरीका कार्की पक्राउ

  • फाल्गुन १३, २०७६
  • ६५४ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान (डेस्क) : आफू म्यानपावर कम्पनिको एजेन्ट हुँ भन्दै ठगी गर्ने एक व्यक्ति इटहरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने ओम बहादुर कार्कीको छोरा ४५ वर्षीय लोकेन्द्र कार्की हुन् ।

पक्राउ परेका कार्कीले आफ्नो विभिन्न म्यानपावर कम्पनिसँग पनि राम्रो पकड छ, अरुले भन्दा छिट्टै भिसा लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट २० लाख रुपैयाँ ठगि गरेको इलाका प्रहरी कार्यालय इटहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित पीडितहरुले लिएको रकम कागज गरौ भन्दा पनि कार्कीले ईटहरी ५ गणतन्त्र टोल स्थित आफ्नै घरमा पिडितहरुलाई लगी डायरी (रजिष्टर)मा टिपोट लेखि विश्वास दिलाएका थिए । उनले विदेश पठाई दिने भनि झुठा आश्वासन दिई रकम लिएको हो ।

यसैगरी कार्कीले विभिन्न मानिसहरुलाई जग्गा पास गरी दिन्छु भन्दै बैना बापतको रकम लिने गरेको पनि पाईएको छ । कार्कीले समयमा जग्गा पास नगरी झुक्काई आलटाल गर्ने, बैक खातामा रकम नभएको अर्काको नामको बैक तथा वित्तीय संस्थाहरुको चेकहरु आफ्नो साथमा राखि आफ्नै चेक हो भनि चेकमा रकम उल्लेख गरी आफैले सहि गरी दिने गरेको समेत प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अन्य कोही ठगिन गएको भएमा यस कार्यालयमा सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

पक्राउ परेका कार्कीलाई ठगी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको इप्रका इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved