इटालीले १ करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा राख्ने

  • फाल्गुन २५, २०७६
  • ५८५ पटक पढिएको
alt इटालीको एक विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण गरीदैं

एजेन्सी :  इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई 'लकडाउ' गर्ने तयारीमा छ ।

अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् । युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो । इटालीको मुख्य आर्थिक केन्द्र मिलान र प्रमुख पर्यटकीय क्षेत्र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ ।

इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ । इटालीको सरकारी मिडिया क्योरियर डेला सेराले सरकारी आदेशको उक्त मस्यौदा प्रकाशित गरेको हो ।

१ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।

उत्तरी इटालीका लगभग ५० हजार जनता क्यारेन्टाइनका कारण प्रभावित भएका छन् । जनतालाई जतिसक्दो घरमा नै बस्न भनिएको छ । क्वारेन्टाइन नमान्नहेरुलाई तीन महिनाको जेल सजाय पनि हुनसक्छ । खेल प्रतिस्पर्धाहरु सर्वसाधारणका लागि बन्द गरिनेछन् । विश्व स्वास्थ्य संगठनले इटालीललाई भाइरसमै केन्द्रित हुन भनेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved