धरान : लकडाउनको बेलामा धरान-१३ का बिष्णुप्रसाद चौलागाई विषेश पहिरन, मास्क र हातमा ग्लोव्स लगाएर विहान झिसमिसे देखि साँझ परुन्जेल दौडधुपमा हुन्छन् ।

उनीसंगै धरान उपमहानगरपालिकाको वडानं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, गोपाल श्रेष्ठ प्रयास, जीतबहादुर गोले लगायत ९ जनाको यसरीनै १३ नम्वर वडामा लकडाउनको बेलामा अहिले धपेडी छ ।

यसको मतलब उनीहरुले लकडाउनको उलंघन भने गरेका होईनन् । लकडाउनको बेलामा आफ्नो वडाबासीहरु बाहिर ननिस्किन अनुरोध गर्दे २ जनाको दरले हरेक टोलमा पुगेर सिट्ठी फुक्दै घर भित्र वस्न आग्रह र कोरोनाको जोखिमको बारेमा खवरदारी गर्ने गर्दछन् ।

१३ नम्वर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको संयोजकत्वमा गएको चैत्र ११ गतेका दिन वडास्तरीय कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सिघ्र उद्धार टोली (क्विक रेस्पोन्स टिम) गठन गरी अहिले १३ नम्वर वडामा सक्रियरुपमा यो टोलीका सदस्यहरु खटिरहेका छन् ।

यो टोलीले वडाबासीलाई घर भित्रै वस्न आवहान र अनुरोध मात्रै होईन विदेशबाट आएकाहरुको पनि खोजी गरि तथ्याङक संकलन गरीरहेको छ । अहिले सम्म यो टोलीले १२ जना विदेशबाट आएकाहरुलाई भेटिसकेको छ । उनीहरुको तथ्याङ्क धरान उपमहानगगरपालिकामा पठाईसकेको छ ।

अहिले सम्म विदेशबाट आएकाहरुलाई सुरक्षितरुपमा होम क्वारेनटाईनमा बस्न टोलीले भनेको छ । शनिबार बिहान भने एक जना कतारबाट आएकालाई सैनिक आवसिय विद्यालयमा तयार गरिएकोे क्वारेनटाईनमा पठाईएको छ ।

शुक्रबार देखि भने यो टोलीले धरान १३ बासीहरुलाई घर घरमा पुगेर दैनिक उपभोग्य वस्तु देखि लिएर औषधी खरिद गरेर पुर्याउन थालेको टोलीका संयोजक तथा वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।


हामीलाई फोन गर्छन् ,अनि हामी कुन औषधी हो भनेर पुर्जी हेरेर औषधी पसलमा गएर किनेर ल्याईदिन्छौ काफ्लेले भने । त्यो संगै अहिले १३ नम्वर वडाका वडाबासीहरुले अत्यावस्यक खाद्यन्न र ग्याँस लगायतका सामाग्री ल्याउन भने त्यो पनि हामीले थालेकाछौ अर्का टोलीका सदस्य गोपाल श्रेष्ठ प्रयासले भने ।

यसरी यो टोलीले वडाबासीलाई लकडाउनको बेलामा सहयोग गर्न थालेपछि वडाबासीहरु पनि घर बाहिर निस्किदैनन् । विश्वमा माहामारीकोरुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिनका लागि सबै वडाबासीलाई घर भित्रै बस्न अर्का सदस्य जीतबहादुर गोले आग्रह गर्छन् ।

कोरोना भाईरसको उच्च जोखिममा ज्यानको बाजी मारेर हामीले वडावासीका लागि काम गरीरहेकाछौ वडाबासी तपाईहरु तपाईको अत्यावस्यक काम परे पनि घर बाहिर ननिस्किनुस् , हामीलाई भन्नुस हामी तपाईको काम गर्नेछौ टोलीका सदस्य विष्णुप्रसाद चौलागाईले भने ।

१३ नम्वर वडा कार्यालयमा रहेको आधारभुत स्वास्थ्य केन्द्र पनि खुल्ला राखेर सर्वसाधरणको स्वास्थ्य समस्यामा जति बेला पनि तयारी रहेको आधारभुन स्वास्थ्य केन्द्रका दिपकला राई बताउछिन् ।

यसरी १३ नम्वर वडामा कोरोना भाईरसको जोखिमबाट वडावासीलाई जोगाउन र लकडाउन उलंघन नहोस भनेर यो समितिले काम गरीरहेको छ । अत्यावस्यक सामान खरिद गर्नुपरेमा यही टोलीले सहयोग गर्ने भएकोले सहज भएको वडावासीको भनाई छ ।

सरकारले घोषणा गरेको लकडाउनको पुर्ण पालना गर्न र गराउन सवै जनप्रतिनिधिहरुले यसरीनै भुमिका खेलिदिए कोरोनाको जोखिमबाट सवै सुरक्षित हुने १३ नम्वर वडाका अगुवाहरुको भनाई छ ।

13-nnn