इटहरी : बेलायतका डक्टरहरूले इटहरीका स्वास्थ्य कर्मीहरूलाई भिडियो कन्फ्रेन्सबाट प्रशिक्षण दिएका छन् ।

इटहरी उपमहानगरको पहलमा कोभिड १९ का बारेमा बेलायतका डाक्टरहरूको समूह रेप्सिनद्वारा भर्चुअल सम्मेलन गरिएको हो । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमद्वारा इटहरी लगायत देशका विभिन्न ठाउँका सय बढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरूलाई प्रशिक्षण दिइएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख चौधरीले यो सम्मेलन निक्कै प्रभावकारी हुने विश्वास व्यक्त गरे । बेलायतका विज्ञ डाक्टरहरू प्रकाश सुवेदी,नउसाद खान,प्रकाश रिजाल,दिलीप कुमार यादव,बद्री सुवेदीले कोभिड १९ सङ्क्रमण र उपचारमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने कुराहरूका बारेमा सहजीकरण गरेका थिए ।

बेलायतमा कार्यरत डक्टरहरूले घरबाहिर ननिस्कनु र घरमा पनि दुरी कायम गरेर बस्न भन्ने सुझाव दिएका छन् । लकडाउनका वेला प्रविधिको प्रयोग गरेर स्थानीयतहरुमा गरिएको यो स्तरको सम्मेलन सम्भवतः यो नै पहिलो हो । कार्यक्रमको सञ्चालन इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले गरेका थिए । जुम क्लाउड एप मार्फत सम्मेलन गरिएको हो ।