इटहरी
बढ्दो प्रविधिको प्रयोगका कारण मानिसहरुले हातहातमा मोबाइलबाट
सिनेमा हेर्न सक्ने भएपनि सिनेमाका पारखीहरुलाई लक्षित गरि गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखामा अत्याधुनिक मल्टिप्लेक्स गोरखा सिनेप्लेक्स सञ्चालनमा आएको छ
सिनेमाका दर्शकहरुलाई लक्षित गरी पाँच करोडको लागतमा २ सय २६ सिट क्षमताको गोरखा सिनेप्लेक्स हेमु थापाले सञ्चालनमा ल्याएका हुन । गोरखा सिनेप्लेक्सको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले एक कार्यक्रमविच उद्घाटन गरेकी हुन । गोरखा डिमार्टमेन्टको धरान शाखाको भवनमा दुईवटा अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याउने योजना सहित काम भई रहेकोमा अहिले एउटा
हल सञ्चालनमा ल्याएको र अर्काे हल निकट भविष्यमै सञ्चालनमा आउने गोरखा सिनेप्लेक्सका सञ्चालक थापाले जानकारी दिए । दैनिक ४ शो चलाइने साथै नेपाल चलचित्र बोर्डवाट स्विकृति पाएका हलिउड, बलिउड र नेपाली फिल्महरु प्रर्दशनमा गरिने समेत थापाले जानकारी दिए ।

पुर्वको ठुलो गोरखा डिपार्टमेन्ट स्टोरका विभिन्न शाखाहरु रहेका भएपनि धरान शाखामा मात्र सिनेमा घर सञ्चालनमा ल्याएको गोरखा डिपाटमेन्टका सञ्चालक बलराम आर्चायले जानकारी दिए । उनले धरान शाखामा विभिन्न आइटका सामानहरु पाउने
मात्र नभएर चलचित्रको मनोरञ्जन लिने व्यवस्था मिलाइएको वताए । प्रर्याप्त पार्किङ सहितको गोरखा सिनेप्लेक्स पुर्ण एचडी क्वालटी रहेको उद्घाटन कार्यक्रममा जानकारी गराइयो । उद्धाटन पश्चात पहिलो शो नेपाली चलचित्र चगां पनी देखाइएको थियो ।