इटहरी: इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीलाई एक बर्षमा हिलोमुक्त र तीन बर्षमा धुलोमुक्त वनाउने प्रतिवद्धता जनाएका छन् ।

इटहरी १८ नयाँ टोलमा सो क्षेत्रका स्थानीयवासीको वृहत भेलालाई सम्वोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । रामधुनी र इटहरीको सिमानामा पर्ने झुम्का लगौना हुदै कुमरखोद सिरान सम्मको ७ किलोमिटर वाटो निर्माणका लागि पहल गर्न स्थानीय भेला भएका थिए । भेलाले सो वाटोको ग्राभेल स्थानीयवासी आफैले गर्ने निर्णय गरेको छ ।

इटहरीका मेयर चौधरीले प्रदेश र संघीय सांसदहरुसँग सांसद विकास कोषको रकमवाट पिचका लागि अनुरोध गरिने बताए । त्यसो हुन नसके दुई नगरपालिका मिलेर पिच गरिने प्रतिवद्धता जनाए। सो वाटो पिच भए लाखौ जनता लाभान्वित हुने स्थानीयले वताएका छन । सो वाटोलाई पिच गरेर इटहरी परिक्रमा गर्ने गरि नगरवस समेत संचालन गर्न सकिने इटहरीका मेयर चौधरीले वताए।

तस्बिर स्रोत : लिलाराज भटराई