ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र(दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन्।
लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन्।
उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ।
चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए।
"बीबीसी नेपालबाट साभार गरीएको"








































































