मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउँदैछ। जेनरल टेरेन्स ओसोनुसीले अपरेशन फेथफुल पेट्रिओटु नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने बताए। त्यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले अतिक्रमणु गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका थिए। गत एप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा न्याशनल गार्डका २,१०० सदस्य तैनाथ छन्।
"बीबीसी नेपाली सेवाबाट साभार गरीएको"


































































