धरान: छठ पर्वको अवसरमा मंगलवार साँझ धरान १५, वगरकोटस्थित एमएच विविक्युले वर्सटाइनर छठ साँझ कार्यक्रम सम्पन्न गरेको छ ।

छठ साँझमा चर्चित सांगीतिक समुह द प्याराडाइज व्याण्डले प्रस्तुती दिएको थियो । उक्त व्याण्डले करिव २२ वटा नेपाली, हिन्दी र अग्रेजी गीत प्रस्तुत गरेको थियो । यो व्याण्डमा भोकलिस्ट सुनिल श्रेष्ठ, भोकलिस्ट र लिड गिटारिस्टमा श्रीहाङ राई, डर्मरमा निखिल सुव्वा र वेस गिटारिस्टमा राकेश मानन्धर रहेका छन् । व्याण्डको प्रस्तुति पछि डिजे स्याडोको डिजे सेसन पनि थियो ।

वगरकोट व्यावसायिक मात्र नभई पर्यटकीय हब पनि बन्दै गएकोले पाहुनाहरुलाई मनोरञ्जनको लागि छठ पर्वको अवसरमा बिशेष कार्यक्रम आयोजना गरिएको प्रोपराइटर जीवन लिम्वुले जानकारी दिए ।