मंसिर २२ देखी पुस ७ सम्म चल्ने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पोखरा राइनोजले प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन कोच नाथन डोडलाई नियुक्त गरेको छ । डोडक्रिकेट अष्ट्रेलियाका लेवल ३ का कोच हुन् । उनले केएफसी क्वीन्सल्यान्ड स्टेट टी – २० प्रिमियर लीग २०१७ – १८ मा स्यान्डगेट टिमको प्रमुख प्रशिक्षको भूमिका निर्वाह गरेका थिए । राइनोजको प्रमुख कोचमा न्युक्त भएसँगै डोडले प्रतिभाशाली खिलाडीको प्रदर्शन र विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । राइनोजले उत्कृष्ट प्रशिक्षणको लागि डोडलाई ल्याउन लागेको बताएको छ ।
इपीएलमा हरेक टीमले तीन विदेशी खेलाडी खेलाउनै पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप गत संकरणमा राइनोजले पाकिस्तानका इसरार उल्लाह, आशिफ अली र ताज वालीलाई अनुबन्ध गरेको थियो । आशिफ अली अहिले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी भई सकेका छन् । यस वर्षको संकरणको लागि राइनोजले विदेशी खेलाडी घोषणा अझै गरेको छैन । स्कटल्याण्डका काइल कोट्जर आउने चर्चा भने चलिरहेको छ । शक्तिगौचन नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा आएका छन् ।
ईपीएल १५ दिन सम्म चल्ने छ भने एक दिनमा एउटा मात्र खेल हुने छ । त्यस्तै यस पटक ३ वटा शनिवार ईपीएलका खेल हुने छन् । ईपीएलका सबै खेल टियु क्रिकेट मैदानमा हुने छन् । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।
"हाम्रो खेलकुदबाट साभार गरिएको"