धरान : १५ औ ललित अम्बर डिपो कप आइतवारदेखि सुरु भएको छ ।

धरान १८ स्थित डिपो उच्चमाविको आयोजनामा शुरु भएको प्रतियोगितामा तरहराको हिमशिखर स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोलअन्तरले हरायो । खेल सुरु भएको ७ औ मिनेटमा हिमशिखरका नेलशन गुरुङ्गले गोल गरेका थिए । उनको गोल नै खेलको निर्णायक गोल भयो । डिपो स्कुलले अव पहिलो चरणमा पराजित हुने टिमहरुको प्लेट च्याम्पियनसिपमा सहभगिता जनाउनेछ ।

प्रतियोगितामा सुनसरी भरीका १६ वटा टिमले सहभागिता जनाएको छ । विजेता टिमले नगद १० हजार, उपविजेताले ५ हजार, तेस्रोले ३ हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पार्नेछ । यस्तै, प्लेट च्याम्पियनसिपका विजेताले नगद ३ हजार, उपविजेताले नगद २ हजार रुपैया ट्रफि, मेडल प्रमाणपत्र पाउनेछ । उद्घाटन खेलको म्यान अफ द म्याच डिपो स्कुलका सृजन मगर घोषित भए । उनलाई कार्यक्रमका सभाध्यक्ष डिपो व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वु र डिपो क्याम्पस प्रमुख राजकुमार राईले संयुक्त रुपमा ट्रफि हस्तान्तरण गरेका थिए ।

IMG_9064 copy