धरान: मिस नेपाल श्रृङ्खला खतिवडा मिस वल्र्डको अन्तिम ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गर्न सफल भएकी हुन् । यसअघि उनी हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएकी थिइन् । हेड टु हेडमा पराजित भएपनि उनको सम्भावना बाँकी नै थियो । हेड टु हेड च्यालेन्जमा हारेपनि मल्टिमिडिया र ब्युटि विथ प्रपोजबाट टप ३० मा पर्ने सम्भावना बाँकी नै थियो ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । यसअघि मिस नेपाल वल्र्ड २०१३ की विजेता इशानी श्रेष्ठ ब्युट विथ पर्पोज प्रस्तुति मार्फत मिस वल्र्डको उत्कृष्ट १० मा पुगेकी थिइन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।