क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख अधिकारीलाई पक्राउ गरेका छन्। चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी उपाध्यक्ष पनि रहेकी मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्यायमामिलासम्बन्धी मन्त्रालयले बताएको छ। ह्वावेइकी संस्थापककी छोरी पनि रहेकी मङ्गलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई यहि शुक्रवार हुँदैछ।
एजेन्सी