धरान: धरानमा जारी मिस पुर्वान्चल २०१८ को तालिमको एक प्रमुख पाटोको रुपमा रहेको शिष्टचार व्यवस्थापन तथा डाइनिंग एटीच्युड सम्बन्धि तालिम मंगलबार धरानको युएन नवोदय होटल म्यानेजमेन्ट कलेजमा सम्पन्न भएको छ ।

कलेजका एच.एम.संयोजक गगन श्रेष्ठले मिस पुर्वान्चल २०१८ का १४ जना प्रतियोगीहरुलाई खाना खाने तरिका, कसरी बस्ने तथा कस्तो खाने र कति मात्रामा खाने भन्ने प्रयोगात्मक प्रशिक्षण दिएका थिए । प्रतियोगीहरुलाई डाइनिंग एटीच्युड सम्बन्धि आधुनिक अवधारणाको ज्ञान दिन यस्तो प्रशिक्षण आवश्यक रहेको प्रशिक्षक गगन श्रेष्ठले बताए ।

miss purwanchal 2

यस्तै, यसअघि चर्चित गायक डिल्ली फोम्बो, हंगकंग नेपाली महासंघका पुर्वअध्यक्ष्य प्रदिप थापाले अनुभव बाँडेका थिए । डेजी नेल आर्ट एण्ड मेकअप स्टुडियोकी सञ्चालिका तरुना राईले मेकअप सम्बन्धी महत्वपुर्ण टिप्स दिइन् । मिस पुर्वाञ्चल २०१७ को विजेता रुबी लिम्बु तथा फस्ट र सेकेन्ड रनरअप सिम्रन श्रेष्ठ र अनु ढुंगानाले आफ्नो अनुभव सुनाएका थिए ।

त्यस्तै होटल एसोसिएसन भेडेटारका वर्तमान अध्यक्ष्य जितेन्द्र रुम्दाली राईले पुर्वी क्षेत्रको पर्यटनको बिषयमा आफ्ना कुराहरुशेयर गरेका थिए । अन्तरास्ट्रिय प्रशिक्षक राजविमल श्रेष्ठ र प्रशिक्षक रबिन्द्र थापाले प्रतियोगीहरुको वाक क्षमताको अभिवृद्धिको लागि एक सातादेखि प्रशिक्षण दिईरहेका छन् । यही पौष १४ गते धरानको होटल इजी राईडरमा आयोजना हुने कार्यकर्मको संयोजनको भूमिका मिस पुर्वान्चल २०१६ की फस्ट रनरअप तथा मिस ग्रान्ड इन्टरनेसनल नेपाल २०१८ की फस्ट रनर अप इक्सा मादेनले निभाएकी छिन् । कोरियोग्राफी प्रियारानी लामाले सम्हालेकी छिन् ।