धरान : मिस पुर्वान्चल २०१८ का प्रतियोगीहरुले बिराटचोकमा रहेको पुर्वान्चल लुब्रिकेन्ट्सको कारखाना तथा कार्यालय भ्रमणमा गरेका छन् ।

पुर्वान्चल लुब्रिकेन्ट्स(पिएलओ )को कारखानाको बारेमा जानकारी दिदै कम्पनीका आकाश दुलालले सम्पूर्ण प्रतियोगिलाई कम्पनिको कारखानाको अवलोकन गराएका थिए । देशकै उचतम कर तिर्दै आएको अग्रणी लुब्रिकेंट कम्पनि पीएलओ मा काम गर्ने सम्पर्ण कर्मचारी तथा मजदुरहरुको साथ् सहयोग नै आफ्नो सफलताको राज भएको र सानो ठुलो नभनी मिलेर कुनै काममा लागे त्यो अवस्य सफल हुने र स्वदेसी उधोग सफल भए देशको पनि बिकाश हुने बताउदै स्वदेसी ब्रान्डलाइ जहिले पनि हामीले सपोर्ट गर्नुपर्ने बताए ।

PLO8

पी एल ओका म्यनेजिंग डाइरेक्टर भोलेस्वर दुलालले सम्पूर्ण प्रतियोगीहरुलाई जीतको शुभकामना दि ए । एक जना बिजेताले जित्छन तर बाँकि नजित्ने हरुलेपनि केहि शीक्षा लिएर जानु नै उसको जीत हो र हामीले कहिले हारे भनेर दुखि नभएर त्यसलाई आफ्नो सफलताको खुड्किलो बनाउनुपर्ने उनले बताए ।

PLo