काठमाडौं : नेपाल प्रहरीमा सरकारले ३ हजारभन्दा बढी दरबन्दी थप गरेको छ। लगभग ७५ हजार जनशक्ति कार्यरत रहेकोमा थप तीन हजार १०१ अधिकृत तथा जवानको दरबन्दी स्वीकृत गरेको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी चौकी स्थापना गर्ने अवधारणाअनुसार तीन हजारभन्दा बढी अधिकृत तथा जवानको जनशक्ति थप भएको जानकारी दिए। थपिएकामध्ये ९५ प्रतिशत जवान र बाँकी अधिकृत तथा जुनियर अधिकृतको दरबन्दी रहेको प्रहरी मुख्यालयले जनाएको समाचार कारोबार दैनिकमा छ। साधनस्रोत र हरेक काम प्रविधिमैत्री बनाउने हो भने जनशक्ति थप्ने बोझिलो निर्णयबाट सरकार मुक्त हुनसक्ने जानकारहरु बताउँछन्। अहिलेको पारिश्रमिक अनुसार एक जना जवानका लागी सरकारलाई वार्षिक चार लाख ५० हजारभन्दा बढी आर्थिक भार पर्न जान्छ।